स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशन भएसँगै प्रचार प्रसार गर्न खुला गरिएको छ । फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानबिन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो ।
अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार प्रचार प्रसार गर्न पाउनेछन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारले चैत २ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाउनेछन् ।
स्ववियु निर्वाचनको आचारसंहितामा प्रचार प्रसार गर्दा रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने उल्लेख छ । स्ववियु चुनाव अन्तर्गत मतदान चैत ५ गते हुनेछ । बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदानको समय तोकिएको छ ।