• शनिबार, साउन ९ २०८३

अब शुल्क तिरेर पनि काेराेना परीक्षण गर्न पाइने, हेर्नुस् कति लाग्छ पैसा ?


बुधबार, जेष्ठ ७ २०७७
805
Shares

कोरोनाको लक्षण नदेखिए पनि अब शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएकाे छ।

स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए।

लक्षण नभएका व्यक्तिहरूले पिसिआर परीक्षण स्वेच्छाले गर्न चाहेमा स्वदेशी तथा विदेशी नागरिकले सार्वजनिक स्वास्थ्य संस्थामा परीक्षण गराउन पाउनेछन् । परीक्षणको शुल्क भने संस्थाले आफ्नो मापदण्डका आधारमा तय गर्नेछन् ।

पिसिआर परीक्षणको शुल्क कम्तीमा पनि १५ हजार रुपैयाँ लाग्ने विज्ञहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार