काठमाडौँ । उद्योग स्थापनाको अनुमति लिएर सञ्चालनमा आउन नसकेका आयुर्वेद कम्पनीहरुलाई ३५ दिन भित्र सम्पर्कमा आउन औषधि ब्यवस्था विभागले उर्दी जारी गरेको छ ।
विभागले एक सूचना जारी गर्दै अनुमति लिएर सञ्चालन हुन नसकेका आयुर्वेद उद्योगलाई ३५ दिनभित्र सम्पूर्ण कागजात र तथ्यांकसहित सम्पर्कमा आउन भनेको हो ।
विभागमा १९६ वटा कम्पनीले उद्योग सञ्चालनका लागि अनुमति लिएको तर सञ्चालनमा रहेकाको संख्या हेर्दा अत्यन्त न्यून देखिएकाले के कारणले सञ्चालन हुन नसकएिको हो सोको कारणसहित विभागले एथेष्ट कारणसहित निवेदन दिन आदेश दिएको हो ।
३५ दिनभित्र समेत विवरण र कारण नबुझाउने उद्योगलाई नियमअनुसार कारबाही गर्ने समेत विभागले चेतावनी दिएको छ ।
हेर्नुहोस सूचना
