• सोमबार, साउन ११ २०८३

बिहानैदेखि अवरुद्ध स्वास्थ्य बीमाको सर्भर मर्मतपछि सेवा सुचारु


आइतबार, फाल्गुन २८ २०७९
1.2K
Shares

काठमाडौँ । बिहानैदेखि अवरुद्ध रहेको स्वास्थ्य बीमा कार्यक्रमको सर्भर मर्मतपछि सेवा सुचारु भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार दिउँसो २ बजेदेखि सर्भर पुन सञ्चालनमा आएको हो ।

बिहानैदेखि सर्भर डाउन भएर सेवा अवरुद्ध भएपछि बोर्डले मर्मतका लागि प्राविधिक टोली खटाएको थियो । झण्डै ५ घण्टापछि सर्भरको समस्या हल भई सेवा सुचारु भएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार एपिआई सिस्टम भएका अस्पतालमा मात्र सेवा अवरुद्ध भएको थियो । करिब ५ घण्टा सेवा अवरुद्ध हुदा देशैभर कार्यक्रम लागू भएका अस्पतालमा चेकजाँचका लागि पुगेका बिरामी र सेवाग्राही समस्यामा परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार