काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा ताला लागेको छ । नविसंघको जिल्ला सभापति मनोनय र स्ववियु निर्वाचनको टिकट वितरणमा अध्यक्ष दुर्जाङ शेर्पाले मनोमानी गरेको भन्दै नेविसंघका नेता अनशुल केसीले कार्यालयमा ताला लगाएका हुन् । अनशुल केसीको नेतृत्वको जोनिस सिलवाल, प्रशान्त खड्का, राजेश बलामी, जीवन खनाल लगायतको टोलीले ताला लगाएको हो ।
नेपाली कांग्रेस जिल्ला कार्यासमितिबाट नेविसंघका जिल्ला सभापतिका लागि सिफारिस भएका केसीलाई बन्छाएर अध्यक्ष शेर्पाले शनिबार मनिस ढंगोललाई जिम्मेवारी दिएका थिए । अध्यक्ष दुजाङ्ग शेर्पाको राणा शासन शैली र मनोमानीले संगठन क्षत विच्छेद भएको केसीको आरोप छ । एक जना व्यक्तिमा सत्ता केन्द्रित गर्ने कुरा कदापी नैतिक र लोकतान्त्रीक नहुने उनको भनाइ छ ।
