गोरखा । गोरखाका तीनवटै क्याम्पसमा कांग्रेस, एमाले, माओवादी र नेसपा निकट विद्यार्थी संगठन बीच चुनावी तालमेल भएको छ । जसअनुसार गोरखा क्याम्पस अखिल क्रान्तिकारी, द्रव्यशाह बहुमुखी क्याम्पसमा नेविसंघ र भवानी क्याम्पस नेपाल समाजवादी विद्यार्थी युनियनको भागमा परेको थियो ।
मनोनयन दर्ता गर्ने दिन शनिबार चारै पार्टीका विद्यार्थी संगठनहरुको तर्फबाट साझा उम्मेद्वारी दर्ता भयो । द्रव्यशाह बहुमुखी क्याम्पसमा सभापति बाहेक गोरखा क्याम्पस, र भवानी क्याम्पसमा पूर्व सहमति अनुसार सबै पदमा एकल उम्मेद्वारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
द्रव्यशाहमा भने नेविसंघ भित्रै किचलो देखिएको छ । यहाँ गठबन्धनका तर्फबाट सभापतिमा नेविसंघका सौनक घिमिरे उम्मेदवार बन्दा नेविसंघकै प्रमोद जंग कुँवर बागी उम्मेदवार बनेका छन् ।
यता गोरखा क्याम्पसको स्ववियु सभापतिमा बिष्णु पाण्डे निर्बिरोध भएका छन् । पालुंगटारको भवानी बहुमुखी क्याम्पसको सभापतिमा नेपाल समाजवादी विद्यार्थी युनियनका गुणराज गिरीको एकल उम्मेदवारी परेपछि उनि समेत सर्बसम्मत बने ।
गोरखाका तिन क्याम्पसमध्ये द्रव्यशाहको सभापति पदमा बाहेक अन्य कुनै क्याम्पस र पदमा चुनाब हुने देखिदैन ।