• शनिबार, साउन ९ २०८३

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा खुल्यो रोजगारी, कुन पदमा कति ?


आइतबार, फाल्गुन २८ २०७९
1.7K
Shares

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी माग गरेको छ ।

जसमा सहायक प्रशासक (सूचना प्रविधिमा १, सहायक प्रशासक (सहायक लाइब्रेरियन) मा १, ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ) मा १, ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङमा १, असिस्टेन्ट (प्रशासनमा १ र लेखामा १) जनाको माग भएको छ ।

यी सबै पदमा खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गरिने आयोगले जनाएको छ । ३० चैतसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिने सकिने छ ।

उपप्राध्यापकतर्फ विश्वविद्यालयले इन्जिनियरिङ, कानुन, मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, सामान्य विज्ञान र व्यवस्थापन विषयमा कुल २५ जना उपप्राध्यापकको पदमा रोजगारी खुलाइएको छ । जसमा खुला र महिला समावेशी प्रतियोगिताबाट छनोट गरिने भएको छ । आवेदन दिने मिति ३० चैत तोकिएको छ । दोब्बर दस्तुर तिरेर ७ वैशाखसम्म आवेदन दिन सकिने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार