• मंगलबार, साउन १९ २०८३

ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना, ५ जनाको मृत्यु


आइतबार, फाल्गुन २८ २०७९
1.3K
Shares

काठमाडौँ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस फिक्कलमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । 

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए ।

एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस  सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार