• सोमबार, साउन ११ २०८३

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने म्याद ३० गतेसम्मलाई बढाइयो


आइतबार, फाल्गुन २८ २०७९
965
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएको छ ।

यसअघि फागुन २५ गतेसम्म हात्तिपाइले रोगविरुद्धको औषधि खुवाउने समयसिमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर ३० गतेसम्मलाई निरन्तरता दिएको हो । 

कर्णाली प्रदेशबाहेक मुलुकका १५ जिल्लामा गत फागुन ११ गतेदेखि २५ गतेसम्म हात्तीपाइलेविरुद्ध औषधि खुवाउने अभियान सञ्चालन भइरहेको थियो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ । 

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु, दाङ, सुदूरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार