मंगलबार दिउँसाे २७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए।
काठमाडौँ उपत्यकामा ५ पाँचसहित थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।
आज थपिएका झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौँ ३, भक्तुपुर, मकवानपुर, सिन्धुली, रामेछाप, लमजुङमा १/१ जना संक्रमित पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै संक्रमितको संख्या ४०२ पुगेको छ।