• शनिबार, साउन ९ २०८३

नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मणबाबु आचार्य सर्वसम्मत


आइतबार, फाल्गुन २८ २०७९
1.5K
Shares

गोरखा । नेपाल शिक्षक संघ गोरखाको अध्यक्षमा लक्ष्मणबाबु आचार्य सर्वसम्मत चयन भएका छन् । सदरमुकाममा शनिबार सम्पन्न भएको नवौँ अधिवेशनबाट नयाँ कार्यकालका लागि आचार्यको नेतृत्वको कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा सर्मिला ढकाल र जनीबहादुर घले र सचिवमा रुद्रप्रसाद उप्रेती चयन भएका छन् । सचिव अर्थमा अर्जुन बाबु श्रेष्ठ, सहसचिवमा निरबहादुर खड्का र शान्ता सापकोटा खनाल, सहसचिव अर्थमा रमादेवी पोखरेल, सहसचिव समावेशीमा हरिनारायण श्रेष्ठ र यमबहादुर गुरुङ चयन भएका निर्वाचन आयुक्त धु्रवराज अर्यालले बताए ।

महिला सदस्यहरुमा रत्न ढकाल, कल्पना पोखरेल, तीलकुमारी पोखरेल(सविना), सदस्य खुल्लाबाट सोमप्रकाश पोखरेल, कृष्णराज कार्की, तोयनाथ धिताल, भीमसेनकाजी बानियाँ चयन भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधिमा महिलाबाट रीता ढकाल अधिकारी, सगुना ढकाल र खुल्लाबाट उमाकान्त ढकाल, रामचन्द्र सापकोटा, भुवनबहादुर अधिकारी, रामेश्वर पोखरेल, लक्ष्मीकान्त खनाल चयन भएका छन् ।

संघीय महाधिवेशन प्रतिनिधिको रुपमा महिलाबाट साधना त्रिपाठी, पार्वती अम्गाई र खुल्लाबाट केशरसिंह बस्नेत, शिवबहादुर थापा, मोहनबाबु सापकोटा र श्यामप्रसाद लामिछाने चयन भएका निर्वाचन आयुक्त अर्यालले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार