• आइतबार, साउन ३१ २०८३

अर्बपति चौधरीले अस्पताल बनाउन मागे ५० करोड


शुक्रबार, फाल्गुन २६ २०७९
1.1K
Shares

नेपाली कांग्रेसका सांसद विनोद चौधरीले निर्वाचन क्षेत्रमा अस्पताल बनाउन भन्दै सरकारसँग ५० करोड रुपैयाँ माग गरेका छन् ।

नेपालका एक मात्र डलर अर्बपति रहेका चौधरीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ५० करोड रुपैयाँ उपलब्ध गराउन माग गर्दै पत्र पठाएका हु्न् । निवलपरासी पूर्वको चौपत्तामा विशेष सेवा प्रदान गर्ने रिफरल अस्पताल निमार्ण गर्न भन्दै बजेट माग गरेका हुन् ।

पत्रमा अस्पतालको स्वामित्व बर्दघाट नगरपालिकाको रहने उल्लेख छ । अस्पताल निर्माणको काम ३ वर्षभित्र सकिने पनि लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार