गोरखा । लकडाउनका उल्लंघन गर्दै गोरखामा ३० जना युवा बस रिजर्भ गरेर काफल टिप्न जादा प्रहरीले पक्राउ गरेको छ ।
सिरानचोक गाउँपालिका ४ छोप्राक मैदान नजिकै ना ५ ख ४७६ नम्बरको बस चढेर वडा नम्बर २ थालाजुङको नयाँबजार क्षेत्रमा पुगेका उनीहरुलाई नियन्त्रण लिइएकोे इलाका प्रहरी कार्यालय हर्मीका प्रहरी नायव निरीक्षक इन्द्र थापाले जानकारी दिए ।
उनीहरु मध्ये २९ जना वडा नम्बर ४ छोप्राक र १ जना वडा नम्बर ५ छोप्राकका स्थानीय बासिन्दा रहेको प्रहरीले बताएको छ ।
समातिएका अधिकाशं यातयात क्षेत्रमा काम गर्ने मजदुर रहेको उनले बताए ।
बस चढेर ठूलो संख्यामा मानिसहरु जंगलमा काफल खान गएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हर्मीबाट गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरु सबैलाई इलाका प्रहरी कार्यालय हर्मीमा राखिएको छ ।