निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिलानै हुनुपर्ने स्पष्ट पारेको छ । आयोगका आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपति पुरुष र खस आर्य समुदायबाट भएका कारण उपराष्ट्रपति राष्ट्रप भन्दा फरक समुदाय र लिगंबाट हुनुपर्ने स्पष्ट पारेका हुन् ।
‘राष्ट्रपति खस आर्य र पुरुष तर्फबाट भए । त्यसैले उपराष्ट्रपतिमा सो बाहेक छुट्टै लिंग र समुदाय भएका व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ। फरक लिंगको व्यक्ति उपराष्ट्रपति हुनुपर्छ ।’ भण्डारीले भने,
निर्वाचनअधिकृतलाई दिएको निर्देशनमा राष्ट्रपति पदमा खस आर्य समावेशी समूहका पुरुष रामचन्द्र पौडेल निर्वाचित भएको उल्लेख गर्दै उपराष्ट्रपतिमा फरक लिंग समूदायभन्दा फरक व्यक्ति हुनुपर्ने उल्लेख छ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन,२०७४ अनुसार अब उपराष्ट्रपतिमा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समूदाय (दलित, आदिवासी जनजाति, मधेसी,थारु वा मुस्लिम)बाट उम्मेदवार हुनुपर्नेछ । उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।