• मंगलबार, साउन १९ २०८३

पाैडेल राष्ट्रपति निर्वाचित भएपछि दमौलीमा दीप प्रज्वलन


शुक्रबार, फाल्गुन २६ २०७९
1.1K
Shares

तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उनको गृह जिल्ला तनहुँ स्थित दमौलीका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ ।

व्यास नगरपालिका–२ को न्यूरोड टोविकास संस्थाले पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा हिजो बिहीवार बेलुकी दीप प्रज्ज्वलन गरेको हो ।

त्यस्तै व्यास नगरपालिका–३ को अनसन चौतारीमा पनि बेलुकी दीप प्रज्ज्वलन गरिएको छ । त्यहाँ नेपाल विद्यार्थी सङ्घ भानुभक्त क्याम्पस एकाइको आयोजनामा दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलनमा व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेललगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए । 

कार्यक्रममा व्यास नगरपालिकाका मेयर न्यौपानेले लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पौडेल राष्ट्रपतिमा निर्वाचित हुँदा तनहुँको गौरव बढेको बताए ।

तस्बिर : सविया बेगम / दमौली

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार