गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । आज भएको मतदानमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा पौडेल विजयी भएका हुन् ।
नेपाल कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पौडेलले ३३ हजार ८०२ मतभार पाए । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् ।त्यस्तै नेम्वाङले १५ हजार ५१८ मत भार पाए । उनले ९६ संघीय सांसद र १६२ प्रदेश सांसदको मत पाए ।
हेर्नुस् को हुन् रामचन्द्र पौडेल ?
वैयक्तिक विवरण
जन्म : २००१ असोज २९ गते, शनिबार
आमा : ऋषिमाया पौडेल
पिता : दुर्गाप्रसाद पौडेल
श्रीमती : सविता पौडेल
छोराछोरी : चार छोरी (शर्मिला, संज्ञा, अनुज्ञा, अवज्ञा), एक छोरा (चिन्तन पौडेल)
जन्मस्थानः तनहुँ जिल्ला साविक मिर्लुङ्, बाहुनपोखरा, हालको व्यास नगरपालिका–८
पारिवारिक स्थिति: मध्यमवर्गीय किसान परिवार
स्थायी बसोबास: व्यास नपा–८, बेलथुम्की, तनहुँ
हालको ठेगाना: कामनपा – १६ बोहोराटार, बालाजु
शिक्षा :
नन्दीरात्रि माविबाट एसएलसी परिक्षा उत्तिर्ण ।
शास्त्री (संस्कृत साहित्य, २०२४ वाल्मीकि संस्कृत महाविद्यालय
स्नातकोत्तर (नेपाली साहित्य २०२७ त्रिभुवन विश्वविद्यालय
राजनीतिक संलग्नता
– हिमालयन छात्र संघ स्थापना (पोखरामा), २०१६ । पोखरा विन्ध्यवासीनी पाठशालामा अध्ययन गर्दै गर्दा २०१७ साल जेठ÷असारमा नेपाल संस्कृत छात्र संघको काठमाडौँ अधिवेशनमा प्रतिनिधि ।
२०१७ पुस १ गते जननिर्वाचित संसद भङ्ग गरीे प्रधानमन्त्री बीपी कोइराला लगायत नेतालाई जेलमा राखिएको विरोध गर्दै प्रजातान्त्रिक आन्दोलनमा सहभागी ।
नन्दीरात्रि मावि विद्यार्थी संघको संस्थापक अध्यक्ष ।
रानीपोखरी मावि विद्यार्थी संघको अध्यक्ष ।
जुद्धोदय हाइस्कुलमा विभिन्न २२ विद्यालयका विद्यार्थीको भेला गराई स्वतन्त्र विद्यार्थी युनियनको माग गर्दै त्यससम्बन्धी आन्दोलनको नेतृत्व ।
–२०१९ सालमा नेपाल संस्कृत विद्यार्थी संघको संगठन सचिवको हैसियतमा २०१९÷०२० सालमा उपत्यका आन्दोलनमा गिरफतार ।
२०२०÷०२१ सालमा राष्ट्रव्यापी स्वतन्त्र विद्यार्थी आन्दोलनमा गिरफतार ।
गण्डकी छात्र संघको संस्थापक संयोजक, २०२३
सरस्वती कलेज स्वतन्त्र विद्यार्थी युनियन सभापति निर्वाचित, २०२३
प्रजातान्त्रिक समाजवादी युवा संघको संस्थापक महासचिव, २०२४
नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, २०२७ (संघको स्थापनामा मुख्य भूमिका निर्वाह)
नेपाली काँग्रेस तनहुँको सदस्य (२०३४)र जिल्ला उपसभापति (२०३६)
जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थाको प्रचारप्रसार गर्न गठित नेपाली काँग्रेस तनहुँ समितिको संयोजक २०३७
नेपाली काँगे्रस केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख, २०४०
नेपाली काँगेस केन्द्रीय केन्द्रीय सदस्य, २०४३
नेपाली काँगेस केन्द्रीय महामन्त्री, (२०६२ – २०६४)
नेपाली काँगेस केन्द्रीय उपसभापति, (२०६४ – २०७२)
नेपाली काँग्रेस संसदीय दलको नेता, (२०६४ –२०७०)
नेपाली काँगेस केन्द्रीय कार्यवाहक सभापति, २०७२
(नेपाली काँगे्रस केन्दीय सदस्य, २०४३ देखि निरन्तर केन्द्रीय सदस्य, उपसभापति हुँदै केन्द्रीय कार्यवाहक सभापति (२०७२) भई केन्द्रीयनेतृत्वमा सक्रिय । कार्यवाहक सभापति भई पार्टीको १३ औ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह ।)
नेपाली काँग्रेसको ‘वरिष्ठ नेता’ २०७२ देखि हालसम्म निरन्तर ।
जेल जीवन
– भरतपुर कब्जा गर्ने नेपाली काँग्रेसको सशस्त्र सङ्घर्षमा संलग्न भएको आरोपमा विसं. २०१८ मा काठमाडौबाट गिरफ्तार भई पहिलोपटक करिब एक महिना हिरासतको सजाय ।
– विद्यार्थी आन्दोलनका क्रममा गिरफ्तार र एक वर्ष राजबन्दी, २०२१
– डिआईजी काण्डमा गिरप्mतार भई नख्खु जेलमा रहँदा पहिलो पटक गिरिजाबाबुसँग भेट, २०२३
– प्रजातान्त्रिक समाजवादी युवा संघको महासचिव भएको आरोपमा पोखरामा गिरफ्तार गरी करिब १५ महिना हिरासतमा राखिएको, २०२४ (पोखरामा ९ महिना र काठमाडौमा ६ महिना)
– प्रजातान्त्रिक समाजवादी युवा संघको संगठन विस्तारका लागि पश्चिमाञ्चल क्षेत्रमा सक्रिय रहेको आरोपमा गिरफ्तार गरी पुनः एक वर्ष काठमाडौमा जेलमा राखिएको, २०२५÷२०२६
– नेपाल विद्यार्थी संघ स्थापनामा नेतृत्व गरेको आरोपमा काठमाडाँैमा ३ महिना हिरासत, २०२७
– रमाइलो झोडा काण्डको विरोधमा प्रदर्शन गरेको आरोपमा २०२८ मा गिरफ्तार गरी २०३२ सम्म निरन्तर ४ वर्ष बन्दी ।
– नेपाली काँग्रेसको पटना सम्मेलन (सन् १९७७) मा सक्रिय रहेको भनी २०३४ मा गिरफ्तार, १० महिना हिरासत । यसै सम्मलेलनद्वारा नेपाली काँग्रेसले पञ्चायतको अन्त्य र प्रजातन्त्र पुनसर््थापनाका लागि सत्याग्रह गर्ने निर्णय गरेको थियो ।
– जनमत सङ्ग्रहको सिलसिलामा बहुदलीय व्यवस्थालाई जिताउन सक्रिय रहकै अवस्थामा २०३६ मा गिरफ्तार, ६ महिना हिरासत ।
– पञ्चायती व्यवस्था अन्र्तगत २०३८ सालको राष्ट्रिय पञ्चायतको निर्वाचन नेपाली काँग्रसेको निर्णयअनुसार बहिष्कार अभियानमा सक्रिय रहँदा पक्राउ । ६ महिना हिरासत ।
– पञ्चायतको अन्त्य र प्रजातन्त्रको पुनस्थापनाका लागि नेपाली काँग्रेसले गरेको सत्याग्रह (२०४२) सफल बनाउन सक्रिय रहेको आरोपमा गिरफ्तार । ९ महिना हिरासत, २०४२
– २०४६ सालको जनआन्दोलनमा नेपाली काँग्रेसका विभिन्न विभाग तथा शाखाहरूबारे पत्रपत्रिकामा प्रकाशन गरी सार्वजनिक गरेको आरोपमा छापाखाना तथा प्रकाशन ऐन उल्लङ्घन गरेको अभियोगमा ३ महिना हिरासत, २०४५
– बहुदलीय व्यवस्थाको पुनस्थापनार्थ धवलागिरि अञ्चलका जिल्लामा पार्टी संगठन विस्तार र आन्दोलनको तयारीको सिलसिलामा गिरफ्तार गरी बागलुङ्जेलमा ५ महिना हिरासत, २०४६
– शाही कदम (२०५९) पछि करिव एक वर्ष नजरबन्द र हिरासत, २०५९
– दोस्रो जनआन्दोलन २०६२÷२०६३ का दौरान पटकपटक गिरफ्तार र गृहबन्दीमा राखिएको
– यी लयागत छोटा समयका लागि पटकपटक गिरफ्तार र हिरासतमा राखिएको ।
उपलब्धि
– तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०४८
– तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५१
– तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०५६
– तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०६४
– तनहुँ क्षेत्र नं २ बाट संविधानसभा सदस्य निर्वाचित, २०७०
– तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित, २०७९
– पहिलोपटक स्थानीय विकास मन्त्री नियुक्त २०४८ जेठ १५ देखि २०५१
– कृषि मन्त्री नियुक्त २०४९ साउन देखि २०५१
– प्रतिनिधिसभाको सभामुख निर्वाचित २०५१ पुस २ गते ।
– उपप्रधान तथा सूचना÷सञ्चार मन्त्री, स्थानीय विकास मन्त्री २०५६
– उपप्रधान तथा गृहमन्त्री २०५६÷२०५८
– शान्ति समितिको संयोजक (२०६१÷२०६२)
– शान्ति तथा पुनःनिर्माण मन्त्री २०६३÷२०६४
– नेपाली काँग्रेस संसदीय दलको नेता तथा संसदमा प्रमुख प्रतिपक्षी दलको नेता २०६४÷२०७०