• सोमबार, साउन ११ २०८३

आजदेखि नेपालमा ‘महिला स्वास्थ्य सम्मेलन’ हुने


बिहिबार, फाल्गुन २५ २०७९
1K
Shares

काठमाडौं । नेपालमा आजदेखि ‘महिला स्वास्थ्य सम्मेलन’ हुने भएको छ । नेपालमा पहिलोपटक यो सम्मेलन हुन लागेको हो । 

आज फागुन २५ गते सुरु हुने सम्मेलन भोलीसम्म चल्नेछ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको अग्रसरतामा हुने सम्मेलनमा महिला स्वास्थ्यका मुख्य पाँच विषयवस्तुहरूमा छलफल एवम् प्रस्तुतिहरू हुनेछन् ।

जसमा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यक पर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणको विषयमा छलफल र प्रस्तुती हुनेछ।

कुल ८५ कार्यपत्रहरू पेश हुने यस दुई दिने सम्मेलनमा करिब ३ सय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

महिला स्वास्थ्यका विभिन्न आयामहरूमा हासिल सफलता, चुनौती एवम् अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कहरूको लेखाजोखा गर्नु यस सम्मेलनको उद्देश्य रहेको बताइएको छ ।

सम्मेलनमा अस्ट्रेलिया, जर्मनी र नर्वेका राजदूतको पनि सहभागिता रहनेछ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले महिला स्वास्थ्य सम्मेलनले पोषणमा ध्यान दिन जोड पुग्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार