• शुक्रबार, भाद्र १९ २०८३

साेमबार एकै दिन ८० ज‍नामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ३७५ पुग्याे


मंगलबार, जेष्ठ ६ २०७७
860
Shares

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ। सोमबार साँझ थप १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बाँकेका १२, धनुषाका २ र खोटाङ, सुनसरी, झापा तथा दैलेखका एकएक जनामा संक्रमण पुष्टि भएको हो।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ।

यससँगै आइतबार मात्रै ८० जनामा संक्रमण पुष्टि भएको छ।

नेपालमा एकै दिनमा संक्रमित पुष्टि भएको यो हालसम्मकै सबैभन्दा ठूलो संख्या हो।

त्यस्तै कर्णाली प्रदेशमा पनि पहिलो पटक संक्रमण देखिएको छ। दैलेखको आठबिस १ का एक पुरुष संक्रमित भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार