• मंगलबार, साउन १९ २०८३

प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको प्रारम्भिक सुनुवाइ आज


बिहिबार, फाल्गुन २५ २०७९
1.2K
Shares

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीलगायतले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । आरण कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत हुन् ।

२०७६ साल माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउगरी अनुसन्धान गर्न माग गर्दै रिट दायर भएको थियो । 

सुरुमा सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दरपीठ (दर्ता नहुने) निर्णय गरेको थियो । त्यसविरुद्ध परेको निवेदनमा न्यायाधीश ईश्वर खतिवडा र हरि फुयालको संयुक्त इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि प्रचण्डविरुद्ध रिट दर्ता भएको थियो । 

अदालतमा न्यायाधीशहरूले गोलाप्रथामार्फत् मुद्दा छान्ने हुँदा कसको इजलासमा मुद्दाको सुनुवाइ हुन्छ भन्ने बिहान साढे १० बजे पछि जानकारी हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार