• शनिबार, साउन ९ २०८३

मोबाइल लिलामबाट विमानस्थल भन्सार कार्यालयद्वारा पौने दुई करोड राजश्व संकलन


बुधबार, फाल्गुन २४ २०७९
1.4K
Shares

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले चालू आर्थिक वर्षमा बरामद गरेका मोबाइलबाट १ करोड ७३ लाख २६ हजार ७०४ रुपैयाँ राजश्व संकलन गरेको छ। 

यो अवधिमा विभिन्न खालका ३२३ थान मोबाइल लिलाम बिक्री भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

यस्तै, २५ सय ५ थान मदिरा लिलाम बिक्री बापत १ करोड ५ लाख ८६ हजार ६९७ रुपैयाँ संकलन भएको छ।

त्यसैगरी, सवारी साधन, कपडा, खाद्य पदार्थ, इलेक्ट्रोनिक लगायतका मालवस्तु लिलाम बिक्री बापत रु १ करोड १० लाख ६८ हजार १५६ रुपैयाँ गरी जम्मा ३ करोड ८९ लाख ८१ हजार ५५७ रुपैयाँ राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार