• सोमबार, साउन ११ २०८३

आँखाको उपचार: पुरुषको दाँजोमा महिलाको पहुँच कम


मंगलबार, फाल्गुन २३ २०७९
650
Shares

काठमाडौं । नेपालमा आँखा उपचारमा पहुँचको कमीले पुरुषको तुलनामा महिलामा अन्धोपना बढी भएको तिलगंगा आँखा अस्पतालले जनाएको छ। अस्पतालमा उपचार गर्न आएका र नआएका महिलामा पुरुषको तुलनामा बढी अन्धोपन भएको अस्पतालको भनाइ छ। 

तथ्याकंअनुसार एकतिहाइ पुरुषमा र महिलामा दुई चौथाइ अन्धोपन रहेको छ। नेपालमा महिलाहरूमा आँखा उपचारको पहुँचको कमी तथा उपचार गर्न ढिला पुग्दा अन्धोनपन बढी हुने प्रतिष्ठानले जनाएको छ । 

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा अस्पतालले एक कार्यक्रम गर्दै महिलाहरू समयमै उपचारमा आउन आग्रह गरेको छ।महिलाहरू ढिला उपचारमा पुग्दा धेरैको मोतीबिन्दु हुने र मोतीबिन्दुको कारण दृष्टिविहीन हुन पुगेको तिलगंगा आँखा प्रतिष्ठानकी डा.सिर्जना अधिकारीले बताईन् ।

डा.अधिकारीको अनुसार महिलामा यो समस्या देखिनुको मुख्य कारण शिक्षाको कमी , पैसाको कमि, नजिकमा अस्पताल नहुनु  तथा महिलाको समस्यालाई घर परिवारले स्थान नदिनु हो । 

महिलामा भएको कुल अन्धोपनको भारको आधारमा ६० प्रतिशत सेवा महिलाले प्रयोग गर्नुपर्नेमा ५२ प्रतिशत प्रयोग गरेको उनले बताइन्।उनले पैसा तिरेर भन्दा निशुल्क उपचार गराउने महिलाहरुको संख्या बढी रहेको बताईन् । 

तिलगंगा आँखा अस्पतालले त्यहाँ महिलामैत्री अस्पताल बनाउनका लागि स्तनपान कोठा र बच्चाहरुलाई खेल्नका लागि समेत वातावरण बनाइदिएको छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार