• शनिबार, भाद्र २० २०८३

नर्भिकले नारी दिवसमा २५ प्रतिशतसम्म छुट दिने


मंगलबार, फाल्गुन २३ २०७९
735
Shares

काठमाडौँ- नर्भिक इन्टरनेसनल हस्पिटलले नारी दिवसको अवसर पारेर विभिन्न उपचार सेवा र ‘हेल्थ प्याकेज’मा छुट योजना सार्वजनिक गरेको छ।

नर्भिकले मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसरमा फिमेल वेलनेसका प्याकेजमा १५ प्रतिशतसम्म छुट दिनेछ। छुट योजना मार्च ६ देखि १३ सम्म लागू हुने जनाइएको छ।

यो अवधिमा महिलाको स्तन जाँचका लागि गरिने विशेष एक्सरे (म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ।

यस्तै नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार