• शुक्रबार, भाद्र १९ २०८३

प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता


मंगलबार, फाल्गुन २३ २०७९
785
Shares

प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा द्वन्द्वको समयमा ज्यान गुमाएकाहरूमध्ये पाँच हजारको आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर उनीमाथि कारबाहीको माग गर्दै सर्वोच्चमा रिट निवेदन परेको थियो। सुरुमा उनीविरुद्धको रिट सर्वोच्च प्रशासनले दर्ता नै नगरी दरपीठ गरिदिएको थियो। शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासले भने मुद्दा दायर गर्न आदेश दिएका थिए। उक्त आदेशसँगै आज मंगलबार मुद्दा दर्ता भएको हो। रिटको सुरुवाइका लागि बिहीबारको लागि पेसी तोकिएको छ।

द्वन्द्वकालका माओवादी छापामारको तर्फबाट मारिएका परिवारका केही सदस्यहरूले मुद्दा दायर गरेका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार