काठमाडौँ । नेपाल फार्मास्युटिकल्स एशोसिएसनको निर्वाचन सुरु भएको छ। बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रकृया दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ।
जसमा अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा फुलगेन साह, डा रोभस कुसुम सुवेदी र ललित मोहन पन्त प्रतिस्पर्धामा छन्।
अमृत गौरो, देवानन्द साह, प्रदिप लम्साल, बद्री केसी र लक्ष्मी नारायण न्यौपाने उपाध्यक्षमा, रोनक श्रेष्ठ र संजिता विष्ट उपाध्यक्ष महिलाका उम्मेदवार हुन् ।
त्यस्तै महासचिवमा दुई जना प्रतिस्पर्धामा छन्। जसमा धिरज रौनियार र संजिव शर्मा कट्टेल प्रतिस्पर्धामा छन्।
सचिवमा केदार प्रसाद साह, विवेक श्रेष्ठ, विष्णु प्रसाद कंडेल, विष्णु रेग्मी, संजय चौधरी, सानुकाजी श्रेष्ठ, कोषाध्यक्षमा गोपिना राई र राजन मानन्धर, सह कोषाध्यक्षमा निर्मल राज मरासैनी र सुशिल नेपाल, प्रचार सचिवमा अनिश श्रेष्ठ र यज्ञ राज बडुको उम्मेदवारी परेको छ।
सदस्यहरुमा अशोक भुषाल, आनन्द ठाकुर, कपिल बोगटी, भाइकाजी बस्नेत, मनोज भट्टराई, सुदर्शन बिडारी, संजिव प्रजापति, सुशिल अधिकारी र सृष्टी प्रजापति र सदस्य महिलामा प्रेरणा मानन्धर र सौभाग्य डंगोलको उम्मेदवारी परेको छ।