• शनिबार, साउन ९ २०८३

अघिल्लो बर्षको तुलनामा यस बर्ष एसईईका परीक्षार्थी बढे, कुन प्रदेशमा कति ?


मंगलबार, फाल्गुन २३ २०७९
1.2K
Shares

काठमाडौं । काठमाडौं । अघिल्लो बर्षको तुलनामा यस बर्ष माध्यमिक शिक्षा परीक्षा (एसईर्ई) मा १ हजार ६ सय परीक्षार्थी थपिएका छन् । २०७८ सालमा ५ लाख १४ हजार ९ सय ५५ जनाले परीक्षा दिएका थिए । तर यस बर्ष देशभरबाट ५ लाख १६ हजार ५ सय ७७ विधार्थीले एसईई परिक्षा दिदैछन् ।

यो वर्षको एसईई दिनेको संख्या गत वर्षको भन्दा १ हजार ६ सय २२ ले बढेपनि चारवटा प्रदेशमा भने विद्यार्थी संख्या घटेको छ । ती चारवटा प्रदेश कोशी, वागमती, गण्डकी र सुदूरपश्चिम रहेका छन् ।

गत वर्ष कोशी प्रदेशमा ८८ हजार ३२ जना परीक्षार्थी थिए । तर कोशीमा यो वर्ष करिब ३ हजार विद्यार्थी घटेका छन् । यहाँ आगामी एसईई परिक्षामा ८५ हजार ७ सय ४३ जना सहभागी हुदैछन् । यता वागमतीमा परीक्षार्थीको संख्या १ लाख १० हजारबाट घटेर १ लाख ६ हजार ९ सय ५९ पुगेको छ ।

गण्डकीमा गत वर्ष ४७ हजार ३ सय ४५ जनाले परीक्षा दिएकोमा यो परीक्षार्थीको संख्या घटेर ४६ हजार ७ सय ३७ मा झरेको छ । सुदूरपश्चिममा ५९ हजारबाट घटेर ५८ हजार ९ सय ७ झरेको छ ।

मधेश, कर्णाली र लुम्बिनी प्रदेशमा भने विद्यार्थी संख्या बढेको छ । मधेशमा करिब ३ हजार, कर्णालीमा करिब २ हजार ५ सय र लुम्बिनीमा २ हजार ५ सय वृद्धि भएको छ ।

मधेश प्रदेशमा गतवर्ष ८१ हजार ७ सय ४३ जनाले परीक्षा दिएकोमा यो वर्ष परीक्षार्थीको संख्या ८४ हजार ७२ पुगेको छ । कर्णालीमा ३८ हजार ९ सय ११ बाट बढेर ४१ हजार ३ सय २९ र लुम्बिनीमा ८९ हजार ६ सय ४५ बाट वृद्धि भएर ४१ हजार ३ सय २९ पुगेको छ ।

यो वर्ष ७ हजार २ सय सामुदायिक र ४ हजार ५ सय ६४ संस्थागत गरी ११ हजार ८ सय २९ विद्यालय सहभागी हुनेछन् । परीक्षामा संस्कृत विषय पढाइ हुने ६५ विद्यालयका २ हजार ९ सय ८२ विद्यार्थीले पनि परीक्षा दिँदैछन् । यो वर्ष ५० जना दृष्टिविहीन परीक्षार्थीले परीक्षा दिनेछन् ।

परीक्षामा २ हजार १ सयको आसपासमा परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । साधारणतर्फ ६ वटा अनिवार्य, संस्कृततर्फ ६ र प्रथम ऐच्छिकतर्फ २४ र ऐच्छिक द्वितीयतर्फ २३ गरी ४७ ऐच्छिक विषयको परीक्षा हुँदैछ । एसईई परीक्षा चैत १७ देखि २९ सम्म बिहान ८ बजेबाट सञ्चालन हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार