• शनिबार, साउन ९ २०८३

सुदूरपश्चिम विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक


मंगलबार, फाल्गुन २३ २०७९
1.7K
Shares

सुदूरपश्चिम विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैत ८ गते हुन गइरहेको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो । 

निर्वाचन कार्यतालिका अनुसार फागुन २६ गते संघ/संगठन दर्ताको समय तोकिएको छ । २८ फागुनमा मतदाता सूची प्रकाशित गर्ने, उम्मेदवारी दर्ताको समय १ चैतमा तोकिएको छ । 

चैत ८ गते बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको छ । मतदानको समय क्याम्पसमा निर्वाचन समितिले तोके अनुसार हुने सक्ने सुदूरपश्चिम विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जनाएको छ । 
चुनाव प्रचार प्रसार गर्ने समय चैत ४ गतेदेखि चैत ६ गतेसम्म दिनको २ बजेसम्म र त्यसपछि मोन अवधि सुरू हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार