• शनिबार, भाद्र २० २०८३

भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि सिटी स्क्यान सेवा बन्द रहने


सोमबार, फाल्गुन २२ २०७९
975
Shares

चितवनस्थित भरतपुर अस्पतालमा फागुन २६ गतेदेखि ११ दिनसम्म सिटि स्क्यान सेवा बन्द रहने भएको छ। 

अस्पतालले एक सूचना जारी गरी फागुन २६ गतेदेखि चैत ६ गतेसम्म सिटी स्क्यान सेवा बन्द रहने जनाएको हो। सिटी स्क्यान मेसिन पुरानो भवनबाट नयाँ भवनमा सार्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेलले बताए।

भरतपुरमा अस्पतालमा सिटी स्क्यान सेवा २०७४ सालदेखि सुरु भएको हो। हाल दैनिक २० जना बिरामीले सिटी स्क्यानको सेवा लिने गरेका छन्। निजी अस्पतालमा कम्तीमा ६ हजार शुल्क लाग्ने सिटी स्क्यान भरतपुर अस्पतालमा ४ हजारमा गर्ने गरिएको डा पौडेलले बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार