आज (सोमबार) एकै दिन कोरोना संक्रमित पुष्टि हुनेको संख्या हालसम्मकै उच्च भेटिएको छ।
बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनाको नमूना भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यहाँ रहेका २ सय ७३ जनाको स्वाब संकलन गरी भेरी अस्पतालमा परीक्षण गरिएकाे थियाे। बाँकी ८१ जनाको स्वाब परीक्षण हुने क्रममा रहेको अस्पताल स्रोतले बताएको छ।
त्यसैगरी मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङ र धादिङका थप एक–एक जनामा संक्रमण पुष्टि भएको हो।
आज बिहान रौतहट र बारामा गरी ९जनामा संक्रमण पुष्टि भएको थियो।
योसँगै देशभर संक्रमितको संख्या ३५७ पुगेको छ।