राष्ट्रिय परीक्षा बोर्डले कक्षा-९ को रजिष्ट्रेशन फाराम खुला गरेको छ।
बोर्डले शुक्रबार रजिष्ट्रेशन फाराम खुला गरेको जानकारी गराएकाे हो।
विद्यार्थीको फाराम भर्दा पछिसम्म फरक नपर्ने गरी फाराम भर्न र भराउन बोर्डले विद्यार्थीहरूलाई अनुरोध गरेको छ।
बोर्डले भनेको छ, ‘विद्यार्थीले रजिष्ट्रेशन फाराम भर्दा आफू नियमित रूपमा अध्ययन गरिरहेको विद्यालयबाट मात्र भर्नुपर्नेछ। एकभन्दा बढी विद्यालय जिल्ला स्थानबाट भरेको पाइएमा दुवैतर्फको फाराम स्वतः रद्द हुनेछ।’
दोहोरो रजिष्ट्रेशन भर्ने भराउने कार्य नगर्न/नगराउन बोर्डले आग्रह गरेको छ।
