काठमाडौं । औषधि व्यवस्था विभागले आयुर्वेद औषधि उत्पादन गरिरहेका उद्योगहरूलाई ३५ दिनभित्र कम्पनी प्रोफाइल विभागमा पठाउन सूचित गरेको छ ।
उद्योगहरुको डाटाबेस निर्माणका लागि उत्पादन गरिरहेको औषधिको सूची, स्वीकृत नक्सा लगायतका कागजात पठाउन विभागले आग्रह गरेको छ ।
साथै विभागमा दर्ता भई सञ्चालनमा नआएका उद्योगहरुले सञ्चालन गर्न नसक्नुको यथेष्ट कारण पेस गर्न पनि विभागले निर्देशन दिएको छ ।
विभागले जारी गरेको सूचना हेर्नुहोस्
