• सोमबार, साउन ११ २०८३

‘ब्रेन डेथ’ भएको एक व्यक्तिबाट मिर्गौला र कलेजो झिकेर गरियो तीन जनामा प्रत्यारोपण


शुक्रबार, फाल्गुन १९ २०७९
760
Shares

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पहिलो पटक मस्तिष्क मृत्यु ९ब्रेन डेथ० भएका एक व्यक्तिको मिर्गौला र कलेजो झिकेर तीन जना बिरामीमा प्रत्यारोपण गरेको छ ।

प्रत्यारोपण केन्द्रले भक्तपुरको एक अस्पतालमा ब्रेन डेथ भएका पुरुषको दुईवटा मिर्गौला र एउटा कलेजो झिकेर दुई जना मिर्गौला फेल भएका र एक कलेजो फेल भएका व्यक्तिमा प्रत्यारोपण गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रका निर्देशक डा। पुकार चन्द्र श्रेष्ठले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको दुईवटा अंगबाट तीन जनाले जीवनदान पाएको बताए । उनले एकै व्यक्तिबाट झिकिएको दुईवटै मिर्गौला र कलेजो सफलता पूर्वक प्रत्यारोपण नेपालमा पहिलो पटक भएको जानकारी दिए ।

फागुन १६ गते रुपन्देही मायादेवी गाउँपालिका–४ का ४७ वर्षीय पुरुष र सिरहाको सिरहा नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

ललितपुर महानगरपालिका–२५ का ६८ वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको थियो ।

नेपालमा २८ कात्तिक २०७४ मा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट झिकिएको मिर्गौला दुई जनामा प्रत्यारोपण गरिएको थियो । त्यसयता अहिलेसम्म जनाले मात्रै ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिएर प्रत्यारोपण गराएका छन् ।

पछिल्लो पटक भएको प्रत्यारोपणले मस्तिष्क मृत्यु पछि गर्ने अंगदानको महत्वलाई झनै बढाएको छ ।

मिर्गौला प्रत्यारोपण कार्यमा प्रा डा राकेशकुमार वर्मा, प्रा डा पवन चालिसे, डा दिपेश श्रेष्ठ, डा रविकिरण गौतम, डा हरि बराल र डा रोजन अधिकारीलगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा निभा श्रेष्ठ, डा शोभित थापा र डा रश्मित श्रेष्ठको सहभागिता थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार