• शनिबार, साउन ३० २०८३

राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोकलाई


शुक्रबार, फाल्गुन १९ २०७९
1.3K
Shares

गोरखा । जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । ९ स्वर्ण, ६ रजत र ६ कास्यसहित सिरानचोक पहिलो वनेको हो ।

प्रतियोगितामा विजयी बनेको सिरानचोकलाई शुक्रबार सिल्ड प्रदान गरिएको छ । पालुङटार नगरपालिकाले ५ स्वर्ण, ३ रजत र ४ कास्य जितेर दोस्रो बनेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले ४ स्वर्ण, ४ रजत १ कास्य जित्दै तेस्रो बन्यो भने ४ स्वर्ण, ३ रजत १ कास्य जितेर भिमसेन थापा चौथो बनेको छ ।

मंगलबारबाट सुरू भएको प्रतियोगितामा १० पालिकाका आठ सयभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा भलिबल, कब्बडी, दौड लगायतका ३० विधाका खेलहरु खेलाइएको थियो । खेलकुद विकास समितिको आयोजना तथा शक्ति माध्यमिक विद्यालयको सहआयोजनामा सदरमुकामस्थित हरमटारी खेलकुद मैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पालिकास्तरमा छनोट भएका विद्यार्थीले जिल्लास्तरीय प्रतियोगीतामा सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार