• शनिबार, साउन ९ २०८३

अब विद्यार्थी आफैंले एनओसी प्रिन्ट गरेर लिन सक्ने


शुक्रबार, फाल्गुन १९ २०७९
1.3K
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ ।

शाखा प्रमुख वासदेव वस्तीका अनुसार अबको केही हप्तापछि एनओसी लिन कार्यालय धाइरहनुपर्दैन । अनलाइनमार्फत विद्यार्थीले दिएको आवेदन शाखाले प्रमाणि गरेपछि आफैंले प्रिन्ट गर्न सक्निे व्यवस्था गर्ने उनले जानकारी दिए ।

यदि विद्यार्थीको आवेदन अनलाइनमार्फत प्रमाणित नभएमा भौतिक रुपमा शाखामा उपस्थित भएर प्रमाणित गर्नुपर्छ । यसरी प्रमाणि भए पनि जारी भने अनलाइनबाटै हुन्छ र प्रिन्ट गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार