• शनिबार, भाद्र २० २०८३

चिकित्सक संघको नवनिर्वाचित कार्यसमितिले सम्हाले जिम्मेवारी


शुक्रबार, फाल्गुन १९ २०७९
895
Shares

काठमाडौं । नेपाल चिकित्सक संघका नव निर्वाचित कार्यसमितिको कार्यकाल बिहीबारबाट सुरु भएको छ। संघको विराटनगरमा जारी ‘अल नेपाल मेडिकल कन्फ्रेन्स २०२३’ मा संघका निवर्तमान अध्यक्ष डा लोचन कार्कीले जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पेका हुन्।

सम्मेलनमा निवर्तमान अध्यक्ष डा कार्कीले संघको लोगो भएको सुनको माला नवनिर्वाचित अध्यक्ष डा अनिलविक्रम कार्कीलाई लगाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन्।

संघको नयाँ नेतृत्वका लागि गत महिना भएको निर्वाचनमा एक जना सदस्यबाहेक सबै पदमा डा अनिल विक्रम कार्की नेतृत्वको समूहले जित हासिल गरेको थियो। एक  महिना अगाडि निर्वाचित भएको कार्यसमितिले सम्मेलनमा जिम्मेवारी लिँदै कार्यकालको सुरुवात गरेका हुन्।

संघमा निर्वाचनपछि हुने कन्फ्रेन्समा नै नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने परम्परा रहेको छ। सम्मेलन तीन दिनसम्म चल्ने छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार