काठमाडौँ । गत साउनयता मात्रै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत रहेको कल सेन्टरमा झण्डै ३० हजार गुनासा आएका छन् ।
बैदेशिक रोजगारीमा हुने समस्या समाधान गर्न श्रम मन्त्रालयले सञ्चालन गरेको कल सेन्टरमा साउनदेखि यहि फागुन १५ गतेसम्म २९ हजार २ सय ६७ गुनासा आएका हुन् ।
जसमा बैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने प्रकृयाका बारे थाहा नभएको भन्दै सबैभन्दा बढी गुनासाहरु आउने गरेको शाखा अधिकृत भिम बहादुर शाहीले सिभिलखबरलाई जानकारी दिए ।
यस्ता प्रकारका गुनासा सामान्य प्रकारका हुने र कल सेन्टरका प्रतिनिधीले तत्कालै उनिहरुको गुनासालाई सम्बोधन गर्ने गरेको उनले बताए । त्यस्तै बैदेशिक रोजगार विभागमा उजुरी दर्ता गराएको तर सम्बाधेन नभएको गुनासो समेत मन्त्रालयमा आउने गरेको छ । त्यस्ता गुनासाको संख्या २८३ छन् ।
जसमा बैदेशिक रोजजारीमा जादा वा जाने प्रकयामा रहेकाहरुले दलाल, मेनपावर लगायतबाट ठगिएको, सम्झौता अनुसार सेवा सुविधा नपाएको, समयमा भिषा नआएको, बढि रकम माग भएको लगायतका गुनासा विभागसंग सम्बन्धित रहेको बताइएको छ ।
यसमा साउनयता २८३ गुनासा परेपनि हालसम्म ७ वटा मात्रै समाधान भएको मन्त्रालयसंग तथ्यांक छ । अन्य गुनासाको हकमा भने सम्बोधनको प्रकृयामा रहेको बताइएको छ ।
त्यस्तै बैदेशिक रोजगार कार्यालय ताहचलसंग सम्बन्धित गुनासा १२९ वटा रहेका छन् भने २३० वटा गुनासा बैदेशिक रोजगार बोर्डसंग सम्बन्धित छन् । यि मध्ये कार्यालयसंग सम्बन्धित १२९ मा ५ वटा र बोर्डको २३० मध्ये १०२ वटा गुनासा सम्बोधन भएको शाखा अधिकृत शाहीले जानकारी दिए ।
यसैगरी कल सेन्टरकै बारेमा समेत नागरिकले गुनासा गरेका छन् । समयमा गुनासाहरु सम्बाधेन गर्न कल सेन्टर तत्पर नभएको र समयमा ‘रेस्पोन्स’ नआएको भन्दै ४७ गुनासो रेकर्ड भएको बताइएको छ भने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका बारे ८, प्रधानमन्त्री रोजगार कार्यक्रमका बारे २, श्रममन्त्रीको सचिवालयका बारे ४ जनाले गुनासो गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै मन्त्रालयकै सेवा प्रवाहका बारे ४ र इपिएस कोरिया शाखा सम्बन्धि २ गुनासो कल सेन्टरमा दर्ता भएका छन् । कल सेन्टरमा सबैधन्दा बढी फोन भने फलोअप कल आउने गरेको बताइएको छ ।
जुन साउनदेखि फागुन १५ सम्म १८ हजार ७१२ जनाले यसअघि आफुले रेकर्ड गराएको गुनासो सम्बोधन भए नभएको बारे जानकारी लिन फोन गरेको तथ्यांक कल सेन्टरमा रहेको छ ।
साउनयता आएका २९ हजार २६७ गुनासामध्ये हालसम्म १० हजार ६ वटा गुनासा मात्रै सम्बोधन भएको अधिकृत शाहीले बताए ।
तत्कालिन श्रममन्त्री कृष्णकुमार श्रेष्ठले सुरु गरेको श्रमिकसंग श्रममन्त्रि कलसेन्टरको नामलाई निवर्तमान मन्त्रि डिपी अर्यालले श्रमाधान नाम दिएका थिए ।