• शनिबार, साउन ९ २०८३

जजिरा एयरले भैरहवाबाट सातामा तीन उडान भर्ने


बुधबार, फाल्गुन १७ २०७९
1.2K
Shares

काठमाडौँ  जजिरा एयरलाइन्सले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा तीन दिन उडान भर्ने भएको छ । फागुन २५ गतेबाट पुनः उडान सुचारु गर्ने जजिरा एयरलाइन्सले जनाएको छ ।

भैरहवाबाट बिहान ८: ५० मा मंगलबार, बिहीबार र शनिबार जजिरा एयरलाइन्सले उडान भर्ने भएको छ । कुवेतको स्थानीय समय अनुसार १०: ५५ मा अवतरण गर्नेछ ।

एयरलाइन्सले भैरहवाबाट उडान सुचारु गर्ने भएसँगै कुवेतका लागि एकतर्फी भाडा पनि तोकेको छ । भैरहवाबाट एकतर्फी यात्रुको भाडा २८ हजार ८३६ रुपैयाँ तोकिएको एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल स्थित जजीरा एयरवेजका जनरल सेल्स एजेन्ट तथा सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेस्का अध्यक्ष रविचन्द्र सिंहले नेपालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तथा नेपालको समग्र पर्यटनमा सहयोग गर्ने जजीरा एयरवेजको प्रतिबद्धता अनुसार पुनः उडान भर्न लागिएको बताए ।

गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अधिकतम आगमन सुनिश्चित गर्ने सिंहको भनाइ छ । पश्चिम भेगको पर्यटकीय गतिविधि र राष्ट्रको समग्र आर्थिक बृद्धिमा सहयोग पुर्‍याउन प्रतिबद्धता उनले जनाए।

जजीरा एयरवेजको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन गरेकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणप्रति आभारी रहेको उनले बताए ।

सुरुवातीमा जजिराले सातामा तीन दिन उडान भरेको थियो । बिस्तारै दैनिक उडान थप गरेको थियो । त्यसपछि यात्रु नपाएर हप्तामा तीन दिन उडान भरेको जजिराले गत पुसदेखि हुस्सुका कारण देखाउँदै उडान रोकेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार