• शनिबार, साउन ९ २०८३

परीक्षा लिएको ३ वर्षपछि आयो रिजल्ट


बुधबार, फाल्गुन १७ २०७९
820
Shares

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले तीन वर्षअघि लिएको विभिन्न पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २४ माघ २०७६ मा लिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो ।

परिषद् केन्द्रीय कार्यालय र परिषद् अन्तर्गतका कार्यालयहरूमा रिक्त पदको पदपूर्ति गर्न लोक सेवा आयोगबाट सञ्चालन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक हुन सकेको थिएन ।

परिषद्को पदपूर्ति समितिको निर्णयानुसार अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरूको कम्प्युटर दक्षता परीक्षण तथा अन्तर्वार्ता ४ गतेदेखि ७ चैतसम्म हुनेछ ।

सीटीईभिटीले विभिन्न पदका ६१ जनाको लागि विज्ञापन गरेको थियो । जसमा सामान्य प्रशासन, लेखापाल, कृषि सहायक प्रशिक्षक लगायत थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार