काठमाडौँ । स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि नेपालले विश्व बैंकबाट १३ अर्ब ऋण लिने तयारी गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले विश्व बैंकबाट स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि १३ अर्ब सहुलियतपूर्ण ऋण र ५० करोड रुपैया अनुदान लिने सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद बैठकको निर्णय नम्बर २ मा भनिएको छ ‘विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता तथा ३ दशमलव ८४ बराबरको आर्थिक सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने ।’
