• शनिबार, साउन ९ २०८३

पूर्वस्विकृति विना कामदारको अन्तरवार्ता लिने एसिया पावर म्यानपावरमाथि विभागको छापा


मंगलबार, फाल्गुन १६ २०७९
1K
Shares

काठमाडौँ । अनुमति नलिई वैदेशिक रोजगारीमा जाने युवासँग अन्तर्वार्ता लिएको भन्दै एसिया पावर रिक्रुटमेन्ट कन्सल्टेन्ट्स प्रालिमाथि वैदेशिक रोजगार विभागले छापा मारेको छ ।

एसिया पावरले साउदी अरबस्थित अर्चिरोधन कम्पनी लिमिटेडको हेभी ड्राइभर लगायत विभिन्न पदमा लैजाने भन्दै अन्तर्वार्ता गरिरहेको सूचनाको आधारमा विभागले छापा मारेको थियो । एसिया पावरले आर्चिरोधन कम्पनीमा कामदार पठाउनको लागि विभागसँग पूर्वस्वीकृति लिएको थिएन ।

विभागको टोली म्यानपावर कम्पनीमा पुग्दा झन्डै दुई सय जनाको उपस्थितिमा अन्तर्वार्ता भइरहेको थियो । विभागले श्रमिकबाट सकंलन गरेको १९ थान राहदानी बरामद गरी थप अनुसन्धान भइरहेको प्रवक्ता कृष्णप्रसाद भुसालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार