• शनिबार, साउन ९ २०८३

नेपालका सबै म्यानपावर ‘आइरिस’मा अनिवार्य सूचीकृत हुनुपर्ने


मंगलबार, फाल्गुन १६ २०७९
1.3K
Shares

काठमाडौँ । वैदेशिक रोजगारीसम्बन्धी कम्पनी (म्यानपावर कम्पनी) लाई अन्तर्राष्ट्रिय नैतिक भर्ना प्रणाली (आइरिस)मा सूचीकृत हुन आग्रह गरिएको छ ।

उक्त प्रणालीमा सूचीकृत नहुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिकले अनेकौँ जोखिम लिनुपर्ने भएकाले सन् २०२५ सम्ममा नेपालमा रहेका सबै वैदेशिक रोजगार कम्पनीलाई सो प्रणालीमा अनिवार्य सूचीकृत हुन आग्रह गरिएको हो ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईएमओ) नेपालका श्रम आप्रवासन र मानव विकास विभागका प्रमुख प्रज्वल शर्माले वैदेशिक रोजगारीमा गएका श्रमिक सुरक्षित नभएकाले जोखिम मोलेर काम गरिरहेको बताए।

श्रमिकसँग वैदेशिक रोजगार कम्पनीले जथाभाबी शुल्क लिन नपाइने भन्दै उहाँले यो प्रणालीलाई नेपालमा लागू गर्न सन् २००६ बाट विभिन्न काम भएको र सन् २०२५ सम्मममा सबै वैदेशिक रोजगार कम्पनीलाई यसमा सूचीकृत हुनुपर्ने प्रावधान रहेको जानकारी दिए ।

आइरिस प्रणालीको काम सन् २०१८ बाट केही देशमा सुरु भएको छ । वैदेशिक रोजगारीमा रहेका श्रमिक हक अधिकारलाई प्रवद्र्धन र संरक्षण गर्न यो मापदण्ड आएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार