• शनिबार, साउन ९ २०८३

नौ कक्षाको परिक्षामा ३५ प्रतिशत नल्याए १० कक्षा पढ्न नपाइने


मंगलबार, फाल्गुन १६ २०७९
1.1K
Shares

काठमाडौँ । कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।

माध्यमिक शिक्षा परीक्षा ९एसईई०लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो।

नयाँ पाठ्यक्रम लागू भएका कक्षाहरूमा क्रमशः निर्देशिका लागू गर्दै जाने योजनाअनुसार यस वर्ष कक्षा नौबाट लागू गर्न लागिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए।

उनका अनुसार आगामी चैत महिनामा सञ्चालन हुने कक्षा नौको वार्षिक परीक्षामा २०७८ सालमा स्वीकृत भएको लेटर ग्रेडिङ निर्देशिका नै लागू हुनेछ। कक्षा नौमा यसै वर्षदेखि नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार