• मंगलबार, साउन १९ २०८३

प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित, नारायणकाजी जाने


मंगलबार, फाल्गुन १६ २०७९
770
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ कतार भ्रमणमा जाने भएका छन्। अतिकम विकसित मुलुकहरूको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन उनी कतारको दोहा जान लागेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री श्रेष्ठको फागुन १९ देखि २३ गतेसम्म हुने भ्रमण स्वीकृत गरेको छ। उक्त सम्मेलनमा यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाने तयारी थियो। तर फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि भन्दै उनको भ्रमण स्थगित भएको थियो।

हेर्नुस मन्त्रिपरिषद्का अन्य निर्णयहरुः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार