• सोमबार, साउन ११ २०८३

पुरानो सामान पुनः प्रयोगमा ल्याउँदै कोसी अस्पताल


मंगलबार, फाल्गुन १६ २०७९
945
Shares

बिग्रिएर काम नलाग्ने भनेर फालिएका (कवाडी) सामानलाई विराटनगरको कोसी अस्पतालले पुनः प्रयोगमा ल्याउन थालेको छ।

अस्पतालका विभिन्न वार्डमामा सामान्य बिग्रिएका सामानलाई पूरै बिग्रिए जस्तै गरी कवाडीका रूपमा फालिएका सामानलाई मर्मत सम्भार गरी पुनः प्रयोगमा ल्याइएको छ।

कोसी अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीका अनुसार काम नलाग्ने भनेर कवाडीका रूपमा फालिएका बेड, बिरामी बोक्ने स्ट्रेचर, कुर्सी, टेबललगायतका सामान मर्मत गरेर पुनः प्रयोग गर्न थालिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार