• शनिबार, साउन ९ २०८३

मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड


मंगलबार, फाल्गुन १६ २०७९
1K
Shares

मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ।

आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये ’शीर्ष दश’भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो।

मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र अनुकुल मौसम रहेको बताए। 

साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताए। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार