• सोमबार, साउन ११ २०८३

निजामती अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्छ : मन्त्री मोदी


मंगलबार, फाल्गुन १६ २०७९
1.1K
Shares

काठमाडौं  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पताललाई राष्ट्रसेवक अस्पतालको रुपमा विकास गर्नुपर्ने बताएका छन्। 

उक्त अस्पतालको आज अनुगमनका क्रममा मन्त्री मोदीले निजामतीसहित सबै राष्ट्रसेवक (प्रहरी, संस्थानका कर्मचारी, शिक्षक, जनप्रतिनिधि, खेलाडी) को उपचारको व्यवस्था गर्ने गरी अस्पतालको विकास गर्नुपर्ने बताए।

उनले सातवटै प्रदेशबाट अस्पतालको सेवा सुरु गरिने बताए। अनुगमनका क्रममा मन्त्री मोदीले स्वास्थ्यकर्मीले बिरामीसँग गर्ने व्यवहारमा सुधार गर्नुपर्ने धारणा राखे। लामो समयदेखि रोकिएको अस्पताल र कर्मचारीको वृद्धिविकासतर्फ आफूले ध्यान दिने उनको भनाइ छ। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार