• शनिबार, साउन ९ २०८३

कतारले नेपाली अभिभावकका भिसा प्राप्त सन्तानलाई विद्यालय पहुँचमा पुर्‍याउने


मंगलबार, फाल्गुन १६ २०७९
1.9K
Shares

Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay

काठमाडौँ-  नेपाली दूतावासले कतारमा बसोबास गरी विद्यालय भर्ना नभएका नेपाली अभिभावकका सन्तानको लागत संख्या संकलन गर्ने भएको छ । ‘एजुकेशन एबोभ अल फाउण्डेसन’ बाट विद्यालयमा भर्ना नभएका बालबालिकालाई अध्ययनको पहुँचमा पुर्‍याउन बालबालिकाको तथ्यांक राख्न लागेको दूतावासले जनाएको छ ।

कतारस्थित नेपाली दूतावासले अभिभावक र बालबालिकाको भिसाअवधि रहेका तर कुनै पनि विद्यालयमा भर्न नभएका बालबालिकाको संख्या माग भएको जनाएको छ ।

अभिभावक र बालबालिकाको भिसाअवधि रहेको कार्डसहित निवेदन पठाउन दूतावासले आग्रह गरेको छ । ‘अभिभावकले दूतावासको इमेल ठेगानामा सम्पूर्ण विवरण पठाउनुपर्नेछ,’ दूतावासले जारी गरिएको सूचनामा लेखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार