• शनिबार, साउन ९ २०८३

सिजनल भिषामा कामदारमा पठाउँछु भन्नेहरुको भ्रममा नपर्न विभागको आग्रह


मंगलबार, फाल्गुन १६ २०७९
975
Shares

काठमाडाैँ । मौसमी कामदारकाे रुपमा दक्षिण कोरिया लगायत कुनै पनि देशमा  पठाउँछु भन्नेहरुको भ्रममा नपर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । 

पछिल्लो समय मौसमी कामदारको रुपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनाहरुमा विश्वास नगर्न विभागले आग्रह गरेको हो ।

मौसमी कामदार व्यवस्थापन निर्देशिका-२०७९ काे दफा ४ अनुसार मौसमी कामदारमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ । तर यो व्यवस्था विपरीत मौसमी कामदारको प्रलोभन देखाइ पैसा असुलेर ठग्ने क्रम बढेको विभागले जनाएको छ ।

निर्देशिका बमोजिम नेपालबाट मौसमी कामदार लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएको बारे पनि विभागले प्रष्ट पारेको छ । 

यस्तै कसैले मौसमी कामदारमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर बुझ्न पनि विभागले सूचित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार