काठमाडौँ । आगामी स्ववियु निर्वाचनमा चारवटा विद्यार्थी संगठनहरुले गठबन्धन गर्ने भएका छन् । आइतबार नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सो निर्णय गरेको हो ।
गठबन्धन गर्ने दलहरुमा अखिल (क्रान्तिकारी) सहित अखिल नेपाल विद्यार्थी युनियन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन र कपिल सिजपाति संयोजक रहेको अखिल (क्रान्तिकारी) रहेका छन् । चारवटा विद्यार्थी संगठनहरुलेएजेण्डा मिल्ने वाम, देशभक्त तथा प्रगतिशील विद्यार्थी संगठनहरुसँग आगामी स्ववियु निर्वाचनकमा तालमेल तथा सहकार्य गर्ने पनि बताएका छन् ।
बैठकले स्ववियु निर्वाचनमा त्रिविमा भएको निजीकरण, व्यापारीकरण, दलीय भागबन्डा र स्रोत साधन दुरुपयोग अन्त्यको एजेण्डा लिएर जाने निर्णय समेत गरेको छ ।