• सोमबार, साउन ११ २०८३

राष्ट्रिय फार्मेसी संघ नेपालकाे अध्यक्षमा गड्तौला चयन


आइतबार, फाल्गुन १४ २०७९
1.1K
Shares

काठमाडौँ । राष्ट्रिय फार्मेसी संघ नेपालको अध्यक्षमा क्षितिज गड्तौला चयन भएका छन्। शनिबार सम्पन्न संघको पहिलो सम्मेलनले गड्ताैलाकाे अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेकाे हाे ।

नेकपा एमाले निकट फार्मासिस्टहरुको साझा संस्थाकाे रुपमा रहेकाे संघकाे उपाध्यक्षमा अमृत खनाल, उमा दुलाल र जयबहादुर घलेलाई चयन गरिएकाे बताइएकाे छ।

सम्मेलनले संघको महासचिवमा पृथ्वीराज ढुंगेल, सचिवमा अमृत थापा, निश्चल केसी र भूमिका अधिकारी तथा कोषाध्यक्षमा जीवन पौडेल चयन भएकाे बताइएकाे छ । सम्मेलनले पदाधिकारीसहित ३१ सदस्यीय कार्यसमिति चयन गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार