• शुक्रबार, भाद्र १९ २०८३

नेपाली दूतावास पोल्यान्डमा ३ दिने घुम्ती सेवा दिने


आइतबार, फाल्गुन १४ २०७९
960
Shares

नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन गर्ने भएको छ।

१ अप्रिल बुधवारदेखि अप्रिल ३ सम्म टोली रहने र सो क्रममा ३१ मार्च २०२४ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्नका सहजीकरण हुने नेपाली दूतावास जर्मनीले जानकारी दिएको छ।

दूतावासले घुम्ती टोलीका लागि उपयुक्त स्थानको प्रबन्धको मिलाउन अनुरोध गरे अनुसार वार्सास्थित म्यारिट होटल पछाडि टाइटस चाउविन्स्की -८ को दसौँ तलामा व्यवस्था गरिएको एनआरएनए पोल्यान्डका महासचिव पवन खड्काले बताए।

उनले पासपोर्टका लागि अनलाइन फारम भर्न तथा बायोमेट्रिकको समय लिनका लागि कुनै समस्या भए एनआरएनए पोल्यान्डमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

जर्मनीस्थित नेपाली दूतावासको पोल्यान्ड, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हङ्गेरी, रोमानिया, बुल्गेरिया, युक्रेन र भ्याटिकन सिटी (होलीसी) समेत कार्यक्षेत्र रहेको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार